आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कमल थापाद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गोकर्णेश्वर खबर१३ मंसिर २०७८, सोमबार १५:३६ मा प्रकाशित (२ साल अघि) २३१ पाठक संख्या

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

थापाले राप्रपाको इतिहासमा महाधिवेशनपछि पार्टी फुट्ने देखिएको हुँदा टुटफुटको शृङ्खला हुन नदिन र पार्टीलाई एकताबद्ध राख्न अपिलसमेत गरे । ‘महाधिवेशनबाट फर्केर घर जाँदा राप्रपालाई कहिले फुट्न नदिने सङ्कल्प गरौँ,’ उनले भने ।

थापाले आफ्नो ३० वर्षे राजनीतिक यात्रामा यसभन्दा अघि पार्टीभित्र कहिले पनि भोट नमागेको र उम्मेदवारी पनि नदिएको स्मरण गरे । उनले भने, ‘उम्मेदवारी नदिँदा पनि देशभरका साथीहरूबाट  अत्यधिक बहुमत प्राप्त गरेँ । तर आज उम्मेदवारी घोषणा गर्ने र भोट पनि माग्नुपर्ने अवस्था आयो । यो परिस्थिति जन्य बाध्यता हो ।