आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

गोकर्णेश्वर खबर१३ मंसिर २०७८, सोमबार ११:२२ मा प्रकाशित (२ साल अघि) ११२ पाठक संख्या

सौराहा – नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी गराएका छन् । ओलीलाई विष्णु प्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो । रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् ।

रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।