आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

एकल बहुमत ल्याउने गरी चुनावको तयारी गर्ने ओलीको दावी

गोकर्णेश्वर खबर१० मंसिर २०७८, शुक्रबार २१:४० मा प्रकाशित (२ साल अघि) ९१ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमत ल्याउने गरि एमाले अगाडी बढ्ने बताएका छन् । उनले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमाले एकल बहुमत ल्याउने समेत बताएका छन् ।

उनले देशको सार्वभौमिकता रक्षाका लागि आगामी तिनै तहको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् । शुक्रबार चितवनमा आयोजित पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

‘‘हामी अब चुनावको तयारी तर्फपनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ । जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ यस देशका लागि । एमालेका लागि होइन, एमालेका लागि बहुमत होइन देश बनाउनका लागि । यस देशको सार्वभौमताको रक्षा गर्नका लागि’ उनले भने ।