आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं बूढानीलकण्ठमा नारायणको दर्शन गरेर हरिबोधिनी एकादशी पर्व मनाईदै (फोटो फिचर)

गोकर्णेश्वर खबर२९ कार्तिक २०७८, सोमबार १२:२१ मा प्रकाशित (२ साल अघि) ३०३ पाठक संख्या

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

आज काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानमा समेत विशेष पूजा भईरहेको छ । हजारौंको संख्यामा दर्शनार्थीहरुले बूढानीलकण्ठको दर्शन गर्नेछन् । हेर्नुहोस् बुढानिलकण्ठ मन्दिरमा ठुलो एकादशी मनाउनेको भिड  ।  (फोटो फिचर)