आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

वाग्मतीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

गोकर्णेश्वर खबर२२ कार्तिक २०७८, सोमबार १६:५३ मा प्रकाशित (२ साल अघि) ७४४ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार दिउँसो ४ बजेसुरु भएको बैठकमा उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएका हुन् ।

मुख्यमन्त्री पाण्डेलाई नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले समर्थन जनाएका कारण प्रदेशसभामा उनले सहजै विश्वासको मत हासिल गर्न सक्ने देखिन्छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।