आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

श्रीराम चालिसेद्वारा प्रदेश (क) मा सभापतिको बलियो उम्मेदवार भएको दावी

गोकर्णेश्वर खबर२२ कार्तिक २०७८, सोमबार ११:२९ मा प्रकाशित (२ साल अघि) ३११ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेले आफू प्रदेश (क) को सभापतिको बलियो उम्मेदवार भएको दावी गरेका छन् ।

चालिसेले लामो समयदेखि पार्टी संगठन र भातृ संगठनका नेता कार्यकर्ताहरुसँग छलफल गरि नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं. ३ प्रदेश (क) को उम्मेदवारी घोषणा गरेर अगाडी बढेको गोकर्णेश्वर खबरलाई बताए । उनले भनें– “पार्टीका साथीहरुसँग पर्याप्त छलफल गरेर मैले उम्मेदवारी घोषणा गरेको छुँ । सबैले सकारात्मक प्रतिक्रिया दिएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोले उत्साहका साथ अगाडी बढिरहेको छु ।”

नेपाली काँग्रेस पार्टीलाई क्षेत्रमा बलियो बनाउन संस्थागत विकास गर्दै युवा नेतृत्व अगाडी बढ्न आवश्यक रहेकोमा जोड दिंदै उनले काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) का सम्पूर्ण क्रियाशील, अग्रजहरुसँग छलफल पश्चात् उमेद्वारी दिएको बताए ।

हाल काठमाडौँ क्षेत्र नं ३ बाट नेपाल तरुण दलको निर्वाचित महाधिवेशन प्रतिनिधि रहेका चालिसेले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको २०४६ सालमा साधारण सदस्यता लिई राजनीति शुरु गरेका हुन् । उनले नेपाल तरुण दलको निर्वाचित महाधिवेशन प्रतिनिधिका रुपमा विभिन्न निकायसँग समन्वय गरी शारीरिक अपाङ्गता भएका देश भरिका करिब २०० भन्दा बढी व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेका छन् ।

चालिसेले गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई झोला सहितको पाठ्य सामग्री ५ हजार थान वितरण गरिसकेका छन् । उनले आफ्नै निजि खर्चमा धेरै खेलकुद क्लबहरुलाई जर्शी लगायतका खेलकुद सामग्री प्रदान गरेर युवा समाजसेवीको छवि बनाएका छन् भनें पार्टी संगठनलाई विस्तार र बलियो बनाउन निरन्तर काम गरिरहेको चालिसेले बताए ।