आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ८ आरुबारीकी मञ्जु परियारको उपचारका लागि रकम हस्तान्तरण

गोकर्णेश्वर खबर१५ कार्तिक २०७८, सोमबार १९:०४ मा प्रकाशित (२ साल अघि) ३३४ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ८ आरुबारीकी मञ्जु परियार बचाउ अभियानबाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ । आज स्वयम्भू स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा नगद २८ हजार ५ सय ६० हस्तान्तरण गरिएको हो ।

गोकर्णेश्वर खबरको पहल तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष्य मनोज कुमार ढुंगाना, समाजसेवी भावना ठकुरी, लक्ष्मी नारायण समुहका अध्यक्ष गीता खनाल लगायतको सहयोगमा संकलन भएको सो रकम गोकर्णेश्वर खबरका पत्रकार रविराज रिमालले बिरामीका श्रीमान कृष्ण नेपालीलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

विरामीका श्रीमान कृष्ण नेपालीले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै हालसम्म अस्पताललाई ८ लाख तिरेको र आईसियुको ३ लाख, फार्मेसीको ७ लाख पैसा तिर्न नसक्दा बिरामीलाई डिस्चार्ज गर्न नसकेको बताउँदै सहयोगका लागि देश विदेशमा रहेका नेपालीहरुलाई अपिल गरेका छन् ।