आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने (महाधिवेशन कार्यतालिकासहित)

गोकर्णेश्वर खबर११ कार्तिक २०७८, बिहीबार २०:३७ मा प्रकाशित (२ साल अघि) ४४० पाठक संख्या

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुने भएको छ ।

कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले बुधबार भने मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको थियो । तर बिहीबार बसेको समितिको बैठकले मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको समितिका संयोजक महादेव यादवले जानकारी दिए ।

निर्वाचन समितिले बाँकी रहेका वडा अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, प्रतिनिधिसभा क्षेत्र अधिवेशन, स्थानीय तह अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको पनि नयाँ मिति तोकेको छ । तर, अझै पनि रौतहट र रसुवाको वडा अधिवेशनबारे भने टुंगो लागेको छैन ।