आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नेकपा (एमाले ) गोकर्णेश्वर नगरपालिका वडा नम्बर-३ कमिटिको अधिवेशन सम्पन्न , अध्यक्षतामा बुद्दी बहादुर श्रेष्ठ

गोकर्णेश्वर खबर६ कार्तिक २०७८, शनिबार २१:३९ मा प्रकाशित (२ साल अघि) १०२२ पाठक संख्या

काठमाडौं कात्तिक ६ / नेकपा एमाले काठमाडौं क्षेत्र नं.३ गोकर्णेश्वर नगरपालिका वडा नम्बर-३ कमिटिको अधिवेशन सम्पन्न भएको छ।  उक्त अधिवेशन बाट नेकपा एमाले गोकर्णेश्वर ३ को वडा कमिटीको अध्यक्षमा बुद्दी बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्टको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेसनले श्रेष्ठलाइ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। अधिवेसनले वडा कमिटीको उपाध्यक्षमा सुजन पौडेललाइ निर्वाचित गरेको छ भने सचिबमा नबिनराज बिष्ट निर्वाचित भएका छन ।

सचिन लामा र रजनी अर्याल भण्डारी उप सचिवमा निर्वाचित गरेको सो अधिवेसनबाटउमेश बिष्ट रामेश्वर बिष्ट, उज्ववल बिष्ट, दिपेन्द्र बिष्ट, दशरथ गिरी, सुरेन्द्र बिष्ट, रामचन्द्र श्रेष्ठ, सुर्य बहादुर लामा, सुरेश लामा, विकास लामा, मोहन लामा सिताराम कुइकेल, दिकपाल भण्डारी श्याम कृष्ण भण्डारी, विजय बस्नेत, अशोक बस्नेत, रमिता केसी, अनिता श्रेष्ठ, सृजना भुषाल, अमला बिष्ट, सुनिता तामाङ अमृता घिमिरे, सुशिला बिष्ट, राममाया नगरकोटी, जमुना श्रेष्ठ, डम्बर बिक सदस्यमा निर्वाचित भएका छन ।