आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस नेता तिर्थ लामाको पहलमा गम्भीर अवस्थामा पुगेकी मोक्तानलाई हेलिकप्टरबाट उद्धार

गोकर्णेश्वर खबर६ कार्तिक २०७८, शनिबार २१:२३ मा प्रकाशित (२ साल अघि) २०९ पाठक संख्या

काभ्रे । नेपाली कांग्रेसका युवा नेता तिर्थ लामाले बिरामी भएर गम्भीर अवस्थामा रहेकी कांग्रेस क्षेत्रीय प्रतिनिधी तृसना मोक्तानलाई उद्दार गरेर सिनामंगलस्थित केएमसी हस्पिटलमा भर्ना गराएका छन् । विरामीको अवस्था गम्भिर भएको भन्ने खबर सुन्नासाँथ नेता लामाले तत्काल उपचारका लागि हेली एभरेष्ट हेलिकप्टर पठाएका थिए ।

दिउँसो करिब १ बजे तिर स्वास्थ्य अवस्था भएपछि तृसना मोक्तानलाई तल्काल उपचारको लागि नव निर्वाचित चौरीदेउराली गाँउपालिकाको पार्टी सभापतिसँग समन्वय गर्दा सम्भा्व नभएपछि नेता लाममासँग नै सम्पर्क गर्नुपरेको क्षेत्रीय सदस्य बुदराज लामाले जानकारी दिए ।

नेता बुदराज लामाका अनुसार बिरामी मोक्तानको हाल केएमसी हस्पिटलमा उपचार भइरहेको छ । काभ्रेली जनताको लागि सधै सेवामा समर्पित रहेका नेता तिर्थ लामा काभ्रेको एक जननायक एवम् समाजसेवीको उपनामबाट परिचित रहेको स्थानीयले प्रतिक्रिया दिए । काभ्रेका १३ वटा स्थानीय तहको समस्याहरुलाई प्राथमिकतामा राखेर सँधै सक्दो समस्या समाधान गर्ने नेता तिर्थ लामा जनताको ढुकढुकी बन्न सफल भएका स्थानीयको भनाइ छ ।