आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने

गोकर्णेश्वर खबर४ कार्तिक २०७८, बिहीबार २०:२० मा प्रकाशित (२ साल अघि) ६८४ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

एमालेले आगामी मंसिर १०, ११ र १२ गते गर्ने दशौं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

यसैगरी, महाधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको पनि उनले बताए ।