आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बाढीपहिरो पीडितहरुका लागि चाँडै राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

गोकर्णेश्वर खबर४ कार्तिक २०७८, बिहीबार १९:२७ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

काठमाडौं । बाढीपहिरोले प्रभावित भएका सुदुरपश्चिमका जिल्लाहरुको अनुगमन गर्दै गृह जिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपिडितहरुका लागि चाँडै राहत प्याकेज ल्याउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले बाढीपहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताएका छन् ।

सुर्खेत, डोटी, बझाङ हुँदै गृह जिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले अमरगढी नगरपालिका १ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधिहरुसँग जिल्लामा बाढीपहिरो पिडितहरुका बारेमा जानकारी लिएका थिए ।

बाढी तथा पहिरो पीडितहरुको तत्काल उद्धार गरि सुरक्षित स्थानमा व्यवस्थापन गर्न गृह जिल्लाका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै प्रधानमन्त्री देउवाले पिडितहरुको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने बताए ।