आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

गोकर्णेश्वर खबर४ कार्तिक २०७८, बिहीबार १९:१८ मा प्रकाशित (२ साल अघि) ५८८ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छिन् ।

प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पु¥याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।