आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीबाट भक्तपुरमा रहेको नवदुर्गा मन्दिरमा पुजा (फोटो फिचर)

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार १८:२३ मा प्रकाशित (२ साल अघि) २०० पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाको अवसरमा भक्तपुरमा अवस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले विशेष सुरक्षाका साथ भक्तपुरमा रहेको नवदुर्गा मन्दिरमा पुगेर पुजा आराधना गर्नु भएको हो ।

हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।