आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कर्णालीले हुलाकी राजमार्ग बगायो

गोकर्णेश्वर खबर३ कार्तिक २०७८, बुधबार ०९:०१ मा प्रकाशित (२ साल अघि) ४५९ पाठक संख्या

टीकापुर । कर्णालीको बाढीले टीकापुर नगरपालिका वडा नं ८ स्थित बनगाऊ क्षेत्रमा हुलाकी राजमार्ग बगाएको छ । कैलालीको टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरमा निर्माणधीन तटबन्ध भत्काएर गाउँ पसेको कर्णालीको बाढीले तल्लो शाहीपुर, सिमे्रनी सत्तीको पूर्व भाग हुदै अर्नवाफाँटा, कुमालगाऊँ, चौगुर्दीमा डुबान र कटान गरिरहेको छ ।

हुलाकी राजमार्ग कटान गरेर ३०० मिटरको फैलावटमा कर्णाली बगिरहेको छ । हाल बाढी बगिरहेको क्षेत्रमा कर्णाली तटबन्ध बन्नु अघि पनि बाढी पसेकाले बस्ती पातलो नै छ ।

बाढी पसेको क्षेत्रका मानिसहरु टीकापुर नगरपालिका वडा नं ५ बसन्तास्थित त्रिभुवन राष्ट्रिय मावि, वडा नं ८ को राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुर र विभिन्न स्थानमा बनेका घरमा राखिएको छ ।

कर्णाली नदीको बाढीको सतह थोरै घट्यो  

कर्णाली नदीको बाढीको सतह थोरै घटेको छ । बुधबार विहान ७ः०० बजेको रेकर्ड अनुसार बाढीको सतह १२ मिटर रहेको छ । कर्णालीमा बाढी ११ मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ । हिजो राति ८ बजे अधिकतम् १३ मिटर १० सेन्टिमिटर रेकर्ड कायम गरेको बाढी राति १० बजेबाट बिस्तारै घटिरहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभएको छ । आज कैलालीको आकाशमा बादल लागे पनि पानी भने परेको छैन ।