आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाली कांग्रेस बौद्ध इकाईका सभापति विवेक लामा सम्मानित

गोकर्णेश्वर खबर२७ आश्विन २०७८, बुधबार ११:५७ मा प्रकाशित (२ साल अघि) ५०९ पाठक संख्या

२७ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं ६ बौद्ध इकाईका सभापति विवेक लामा सम्मानित भएका छन् । लामालाई प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहले सम्मान पत्र हस्तान्तरण गरे ।

मंगलबार गोकर्णेश्वर ब्यांकेट अत्तरखेलमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ ले आयोजना गरेको ‘अधिवेशनबाट विजयी इकाई सभापति, क्षेत्रीय प्रतिनिधि र गोकर्णेश्वर नगर समितिलाई सम्मान तथा विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’ मा लामा सम्मानित भएका हुन् ।

कार्यक्रमलाई प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंह, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेत, कांग्रेसका युवा नेता गगन थापा, वागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, काठमाडौं सभापति सबुज कृष्ण बानीया लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सभापतित्व काठमाडौं क्षेत्र नं. ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका थिए भनें कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव तथा गोकर्णेश्वरका उप मेयर शान्ति नेपालले गरेकी थिईन् ।