आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमाले गोकर्णेश्वर-३ वडा कमिटीद्धारा टोल कमिटी गठन प्रकृयालाई तिब्रता,पार्टीलाई एक नम्बर बनाएरै छाड्ने अध्यक्ष श्रेष्ठको दाबी

गोकर्णेश्वर खबर१९ आश्विन २०७८, मंगलवार ११:४५ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर ३ नम्बर वडा कमिटीले टोल कमिटी गठन प्रकृयालाई तिब्र बनाएको छ । पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका हुने भएकाले पार्टीले वडा तथा टोलस्तरमा कमिटी निर्माणलाई प्राथमिक दिइएको वडा कमिटी अध्यक्ष बुद्दी बहादुर श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा सबै वडाहरुमा संगठन निर्माण र जनपरिचालन गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले नेकपा एमाले गोकर्णेश्वर ३ ले सधै वडाका जनताको पक्षमा अभियान संचालन गर्ने पनि बताए । ‘पार्टीलाई चुस्त दुरुस्त बनाउँन तल्लो मास नै सक्रिए बनाउने अभियानमा छौं ।जनता,पार्टी कार्यकर्ता नै सर्वेसर्वा भएकोले जनताको घरदैलोमा पुगेर पार्टीका संरचना विस्तारमा जुटेका हौं’ अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार साबिक बालुवा गाबिसको वडा नं १,२,३,४,५, ७ ८ र ९ मा ११ सदस्यीय टोल कमिटि निर्माण गरिसकिएको छ । टोल कमिटीको नेतृत्व गर्नेहरुमा वडा नं १ को टोल कमिटि अध्यक्षमा परशुराम बिष्ट, २ नं मा सुघ्रिभ बिष्ट, ३ नं मा सुवास तामाङ ४ नं मा जीवन लामा, ५ नं मा राज कुमार लामा, ७ नं मा राजकुमार भण्डारी,८ नंमा अजय नगरकोटी र ९ नं मा रामकुमार बस्नेत रहेका छन् ।

अध्यक्ष श्रेष्ठले वडा नम्बर ६ मा भने आगामी शनिबार टोल कमिटि गठन हुने र युवा संघ अनेम संघ तथा बुद्दिजिबिहरुको कमिटि पनि गठनको कार्य अघि बढेको बताए ।

टोल कमिटि गठन कार्यक्रममा वडा कमिटि अध्यक्ष बुद्दी बहादुर श्रेष्ठले संगठनलाइ मजबुत बनाइ पार्टी जिम्मेवारी र जनताको भावनालाइ कदर गरि अघि बढ्न अनुरोध गरे। उनले अनेक किसिमका राजनीतिक र संगठनात्मक उचारचढाव र प्रतिकूलताका बीचमा पनि एमालेमा युवाहरुको आकर्षण बढेको जानकारी गराउदै पार्टीलाई वडा देखि केन्द्रसम्म मजबुत बनाएर लैजानुपर्नेमा जोड दिए । आगामी निर्वाचनमा पनि राम्रो परिणाम हासिल गर्नका लागि पार्टीका सवै संगठनहरुलाई मजबुत बनाउन लागि टोल कमिटि गठन कार्यलाई तिब्रता दिइएको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले कमिटिहरुलाई सामाजिक सकारात्मक अभियानमा जुट्न अनुरोध गर्दै समाजमा हुने हरेक अनियमितताका गतिबिधिहरुमा युवाहरुले न्यायिक तवरले भुमिका निर्वाह गर्ने अभियानमा सम्पुर्ण युवाहरु लाग्नु पर्ने र समाजलाई सकारात्मक बाटोमा डोहोर्याउने अभियानमा नेपाल कम्युनिष्ट पार्टी एमाले लागि सकेको बताए ।

वडा कमिटीले आगामी असोज २३ गते बडादशैँ, दीपावली, नेपाल सम्वत् छठको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको वडा कमिटि सचिब नबिनराज बिष्टले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागीजनाउँन समेत वडावासीलाई अनुरोध गरेका छन ।