आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

गोकर्णेश्वर खबर१५ आश्विन २०७८, शुक्रबार १९:२२ मा प्रकाशित (२ साल अघि) ३०५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४४ पृष्ठमा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका छन् । ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत भएको हो ।

ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका हुन् ।

मुलुकभित्र राजनीतिक अवस्था, अन्तराष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन ओलीले पढेर सुनाएका थिए । महाधिवेशन हलमा केहीबेर ओली आफैले पढेको उक्त प्रतिवेदन रुघाखोकीले सताएपछि उनले नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए ।

यसअघि ओलीले महाधिवेशनमा पेश गर्न केन्द्रीय कमिटी र स्थायी कमिटीमा तयार पारेको प्रतिवेदन ६९ पृष्ठ लामो थियो । तर महाधिवेशनमा पेश गरेको प्रतिवेदन भने घटाएर ४४ पृष्ठमा सिमित गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरे भने आफू र आफ्नो नेतृत्वको सरकारको बचाउ गरेका छन् ।

ओलीले काँग्रेसलाई पुँजीवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर, अवसरवादी र विभाजनकारी भएको पनि आरोप लगाएका छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा आफ्नो पार्टीको विभिन्न राजनीतिक दलहरूसँग प्रतिष्पर्धा र प्रतिद्वन्द्विता रहने बताए ।

‘नेपाली काँग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ’ ओलीले भनेका छन् । त्यस्तै उनले आफ्नो मुख्य प्रतिष्पर्धा पार्टी पनि काँग्रेस नै भएको बताएका छन् ।

ओलीले माओवादी केन्द्र, मूलतः प्रचण्ड अस्थिर, अवसरवादी एवम् विभाजनकारी सोच भएको बताए । ओलीले मधेसकेन्द्रित दललाई ओलीले संकीर्ण, यथास्थितिवादी भएको बताए । ‘मधेस–केन्द्रित दलका संकिर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले भनेका छन् ।

यस्तो छ ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ