आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार १२:०३ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । शनिबार भएको मतदानको आइतबार सार्वजनिक परिणामअनुसार उनले ४१४ मत ल्याएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी गंगाधर पराजुलीले ३४६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसमा रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहनप्रसाद बास्तोलाले १२६ र ज्योति हमालले ११ मत पाए ।

उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी भएका छन् । भण्डारीले ५६१ र बरालले ४७० मत ल्याए ।सचिवमा ८४९ मत ल्याएर टुवराज बास्तोला र ८०३ मत ल्याएर गणेशबहादुर थापा विजयी भएका छन् ।

सहसचिवमा विजयी संघर्ष कोइरालाले ५८० र सञ्जय आलेले ४६५ मत ल्याए । पोखरा महानगरमा १३ सय ७० मतदाता रहेकोमा १३ सय ४४ मत खसेको थियो ।