आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस काठमाडौं -३ को क्षेत्रिय प्रतिनिधिमा यूवा नेता सीताराम दाहाल विजयी

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार ११:०७ मा प्रकाशित (२ साल अघि) २९९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि देशका अधिकांश जिल्लाले वडा अधिवेशन सम्पन्न गरेका छन् । भाद्र १८ मा देशैभरका वडाअधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कांग्रेसले क्रियासिल सदस्यता विवादकै कारण अझै केही जिल्लामा वडाअधिवेशन सुरु हुन सकेको छैन् । काठमाडौंमा समेत असोज ५ गते मात्रै वडाअधिवेश सम्पन्न भएको छ । पछिल्लो समय कांग्रेसमा यूवाहरुको आर्कषण बढ्दो छ । विभिन्न वडाअधिवेशनबाट यूवाहरु भावी नेतृत्वको लागि तयारी अवस्थामा मैदान उत्रिएका छन् ।

सबैभन्दा पूरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा यूवाहरुको भूमिका र नेतृत्वमा यूवा नपुगेको गुनासो आइरहेका बेला यो वडाअधिवेशनले भने सकरात्मक र यूवापंिक्तको उल्लेख्य सहभागिता गराएको पाइएको छ ।

काठमाडौं देशको राजनीति शक्तीहरुको केन्द्र भएकाले पनि काठमाडौंको अधिवेशनलाई विशेष महत्वका साथ हेरिन्छ । काठमाडौंबाट पनि यूवाहरुको पंक्ति नेतृत्वका लागि चुनावमा होमिएको मात्र छैन् कांग्रेस कार्यकर्ताहरुको समर्थन पनि उत्तीकै पाएको देखिँन्छ । त्यसमध्येका एक हुन यूवा नेता एव्म व्यवसायी सीताराम दाहाल । उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को वडा तहको क्षेत्रिय प्रतिनिधिमा अत्याधिक मतले विजयी भएका छन् ।

दाहाल कांग्रेसको वडा तहको क्षेत्रिय प्रतिनिधि पदमा १०१ मतले विजयी भएका हुन । नेता दाहाल काठमाडौं क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका ८ बाट निर्वाचित भएका हुन ।

नेता दाहालले आफूलाई अमुल्य मत मार्फत निर्वाचित गराएको भन्दै गोनपा ८ मा सम्पूर्ण क्रियाशील सदस्यहरु प्रति आभार प्रकट गरे । उनले भने मलाई काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रिय प्रतिनिधि बनाउन अमूल्य मतका साथै साथ सहयोग गर्ने सबै प्रति आभारी छुँ । तपाईहरुको मत र सहयोगलाई खेर जान दिने छैन् । कांग्रेसलाई अझ बलियो बनाउँने अभियानमै लाग्ने छु । मेरो विजयले मलाई अझ थप जिम्मेवारी बनाएको छ । नेपाली कांग्रेसको सिद्धान्त विधानलाई अनुसरण गर्दै सवल र सदृढ कांग्रेस बनाउँने मेरो कार्य रहन्छ । यूवा पंक्तिहरुलाई समेट्दै कांग्रेसको विरासतलाई जोगाउनु हाम्रो कर्तव्य हुनेछ ।

यूवा नेता दाहाल व्यवसाय तथा समाजसेवामा समेत उत्तीकै सक्रिय छन् ।