आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

यी हुन कांग्रेस गोकर्णेश्वर नगरपालिकामा निर्वाचित इकाई सभापति

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार ०८:०२ मा प्रकाशित (२ साल अघि) १६८ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसको विभिन्न वडाहरुको अधिवेशन सम्पन्न भएको छ । १४ औं महाधिवेशन अन्तरगत काठमाडौं जिल्लामा वडा अधिवेशनका लागि असोज ५ गते तोकिएकोमा शुक्रबार वडा नं.४ को वडा अधिवेशन सकिए पछि गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।

गोकर्णेश्वरका वडा नं. २, ५, ७ र ९ वडामा सर्वसम्मत इकाई समिति तथा प्रतिनिधि चयन भएका छन् भनें वडा नं. १, ३, ४, ६ र ८ मा कतै केही पदमा निर्वाचन भएको छ भनें केही पदमा सर्वसम्मत भई निर्विरोध समेत भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका इकाई सभापतिमा विजय हुनेहरु यस प्रकार रहेका छन् ।
वडा नं. १ मा राम मानन्धर ।
वडा नं. २ मा दीपेन्द्र कुमार लामा ।
वडा नं. ३ मा श्याम श्रेष्ठ ।
वडा नं. ४ मा ज्ञान कुमार श्रेष्ठ ।
वडा नं. ५ मा शेखर सुवेदी ।
वडा नं. ६ मा दीपक लामा ।
वडा नं. ७ मा कुमार अर्याल ।
वडा नं. ८ मा लक्ष्मण चौंलागाई ।
वडा नं. ९ मा राजिव थापा ।