आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

‘सी’ डिभिजन लिग छनौटको लागि मैदान उत्रदैं गोकर्णेश्वर फुटबल क्लब,वडाध्यक्षले प्रदान गरे खेल सामाग्री

गोकर्णेश्वर खबर९ आश्विन २०७८, शनिबार ०७:३९ मा प्रकाशित (२ साल अघि) २३६ पाठक संख्या

काठमाडौं। सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका वडा नं ५ बाट सहभागी हुने गोकर्णेश्वर फुटबल क्लबका खेलाडीहरुलाई जर्सी ट्रयाक लगायत खेलकुदका सामग्रीहरु प्रदान गरिएको छ । मनकामना फुटसलमा शुक्रबार भएको एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडाध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, नेपाली कांग्रेस गोकर्णेश्वर ६का इकाई सभापति दिपक लामा, नेपाली कांग्रेस गोकर्णेश्वर ५ का इकाई सभापति शेखर सुवेदी, नेपाली कांग्रेस कागेश्वरी २ इकाई सभापति सुरज खड्का, लगायतले खेलाडीहरुलाई जर्सी, ट्रयाक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन।

गोकर्णेश्वर फुटबल क्लबका अध्यक्ष विकास राइको अध्यक्षतामा भएको कार्यक्रमलार्इ सम्बोधन गर्दै वडाध्यक्ष सुवेदीले खेलकुदलाइ प्राथमिकतामा राखेको खेल क्षेत्रको बिकासका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको बताए । उनले खेलाड़ीहरुलाई अनुशासित भइ खेलमा राम्रो प्रदर्शन गर्न र सी डिभिजनका लागि छनोट हुने लक्ष्यका साथ मैदान उत्रिन आग्रह गरे ।

कांग्रेस गोकर्णेश्वर ६का इकाई सभापति दिपक लामाले खेल अनुशासित भएर खेल्न अनुरोध गरे। उनले यस्ता सहयोगले खेलाडीको हौसला मिल्ने बताउदै यस्ता प्रतियोगिताले खेलमा उच्च संभावना बोकेका खेलाडी र खेलकुदमा भविष्य खोजिरहेकाहरूलाई सूवर्ण अवसर रहेको भन्दै सी डिभिजनका लागि छनोट हुने लक्ष्यका साथ मैदान उत्रिएर उच्च् प्रदर्शन गर्न सुझाए ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले खेलाडीहरुलाई शुभकामना दिदै उच्च मनोबलका साथ अनुशासंनमा रहेर खेल खेल्न अनुरोध गरेका थिए । उनले नगरपालिकाले खेलकुदको विकासमा धेरै कार्यक्रम मार्फत खेलाडीहरुलाई पनि सहयोग गर्दै आएको बताउदै आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर फुटबल क्लबका अध्यक्ष विकास राइले उपस्थित सबैलाई धन्यवाद दिदै खेलाडिलाई हौसला प्रदान गर्न यस्ता किसिमको सहयोग र प्रयासले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पारेका थिए । क्लबलाई गोकर्णेश्वर नगरपालिका हिता कम्पनी, मनकामना फुटसल लगायतको सहयोग रहेको छ।क्लबले आज सातदोबाटोस्थित एन्फा परिसरमा नुवाकोट संग पहिलो खेल खेल्दै छ ।