आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस गोकर्णेश्वर-५ को सभापतिमा शेखर सुवेदी सर्वसम्मत चयन

गोकर्णेश्वर खबर८ आश्विन २०७८, शुक्रबार ०९:२९ मा प्रकाशित (२ साल अघि) २०६ पाठक संख्या

काठमाडौं। नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को इकाई सभापतिमा शेखर सुवेदी सर्वसम्मतले निर्वाचित भएका छन। मंगलबारपिस ब्यन्केट जोरपाटीमा भएको वडा अधिबेसनले सुवदीलाइ सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। उक्त अधिवेशनबाट उपसभापति ज्योति पुडासैनी र सन्तोष लामा चयन भएका छन भने सचिवमा दिपक लामा र सन्तोष सुवेदी चयन भएका छन ।त्यसैगरि सह सचिवमा दिपक सापकोटा र रामकुमार तामाङ सर्वसम्मत रुपमा चयन भएका हुन ।

त्यसै गरि सदस्यहरुमा देवकी ढुंगाना , बिन्दा खतिवडा, सोनु लामा रिना थापा सुवेदी,संदेश बराल, राजेन्द्र लम्साल, अजय ढकाल , केशब नेपाल प्रकाश सुवेदी,लक्ष्मी राजामगर, राम बहादुर बस्नेत, लाक्पा शेर्पा, बिरेन राइ नरेश बराल, सुदिप खतिवडा, ममता पुडासैनी, दिपक पुडासैनी, दिपक बस्नेत, सुमित्रा सुनुवार चन्द्रिका लामा, आकाश लामा र प्रदिप लामा सर्वसम्मत रुपमा चयन भएका हुन ।

उक्त अधिबेसनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित श्री बहादुर योगी लगायतको टिमले सर्वसम्मत रुपमा अधिबेसन सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका खेलेका र यसबाट अन्य वडाका साथै देशका अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश गएको योगीले जानकारी दिए ।