आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस गोकर्णेश्वर-७ को इकाई समितिमा सर्वसम्मत,सभापतिमा कुमार अर्याल

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १६:०९ मा प्रकाशित (२ साल अघि) २१९ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वार्ड नं ७ को इकाइ सभापतिमा कुमार अर्याल चयन भएका छन् । आज भएको वडाअधिवेशनबाट सभापति अर्यालसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन । ।

त्यसै गरि उप-सभापतिमा नवराज आचार्य र भानु बहादुर केसी चयन भएका छन् भने सचिवमा द्वय श्यामकुमार पुडासैनी र प्रीयस दाहाल रहेका छन् । त्यस्तै सह-सचिवमा चिरञ्जिवी खतिवडा,शर्मिला रिमालसहितका पदाधिकारी रहेका छन् ।

लामोसमयदेखि क्रियाशील सदस्यताको विवाद नमिल्दा काठमाडौंमा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।

कांग्रेसले गाउँ,नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन,एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।