आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

निर्वाचन आयोग र सभामुखविरुद्ध ओलीले दर्ता गरेको मुद्दा हेर्दाहेर्दैमा

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार १७:३५ मा प्रकाशित (२ साल अघि) १५३ पाठक संख्या

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख विरुद्ध दर्ता गरेको मुद्दा हेर्दाहेर्दैमा रहेको छ ।

सोमबार न्यायाधीशद्वय दिपककुमार कार्की र कुमार चुँडालको इजलाशमा भैरहेको सुनुवाइ नसकिएकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन हुँदा एमालेले कारबाही गरेका १४ जना सांसदलाई पनि सनाखत गरिएको भन्दै त्यसको खारेजी माग गर्दै ओलीले १७ भदौमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

निवेदनमा सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादीलाई विपक्षी बनाइएको छ । यो मुद्दामाथि २२ भदौमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कारण देखाउ आदेश जारी गरिसकेका छन् ।