आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बौद्ध कांग्रेसका उम्मेदवार परिचय तथा क्रियाशिल भेला सम्पन्न

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार ०७:३५ मा प्रकाशित (२ साल अघि) २०२ पाठक संख्या

३ असोज, काठमाडौं । नेपाली कांग्रेस कामपा बौद्ध वडा नं. ६ इकाई अरुणीमा बुथ अन्तर्गत इकाई सभापतिका दावेदार दिवाकार पुडासैनी लगायतका उम्मेदवार परिचय तथा क्रियाशिल भेला सम्पन्न भएको छ ।

शनिबार बौद्ध टाउन प्लानिङ दिव्यनगर स्थित दिव्य पार्टी प्यालेसमा बुथ उप संयोजक किरण ढकालको सभापतित्व तथा वडा अध्यक्ष दीपेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उम्मेदवारहरुको परिचय सहित अतिथी, उम्मेदवारका आकांक्षि, स्थानीय नेता कार्यकर्ता समाजसेवीहरुले १४ औं वडा अधिवेशनका सन्दर्भमा आ–आफ्ना विचारहरु व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष दीपेन्द्र लामाले पार्टी कमजोर हुने गरी आन्तरिक प्रतिश्पर्धाका नाममा गुटबन्दी गर्न नहुनेमा जोड दिंदै वडा अधिवेशनमा सर्वसम्मत रुपमा इकाई समितिका उम्मेदवार बनाउन सके त्यसको सन्देश आम नेता कार्यकर्ता र जनतामा राम्रो हुने र आगामी तीन तहको चुनावमा पार्टी धेरै बलियो बन्ने बताए ।

इकाई सभापतिका दावेदार दिवाकार पुडासैनीले आफू पार्टीलाई बलियो बनाउन अहोरात्र लागिरहने प्रतिबद्धता व्यक्त गर्दै सभापति भए पछि अर्को कुनै पनि पदमा दावि नगर्ने बताए । इकाई समिति सर्वसम्मत रुपमा चयन होस् भन्ने पक्षमा आफू रहे पनि त्यसो हुन नसके पार्टीलाई विधि पद्धतिमा चलाउन सबैलाई मिलाएर अगाडी बढ्ने स्पष्ट दृष्टिकोणका साथ आफू प्रतिश्पर्धामा रहेको बताउँदै सहयोगका लागि आग्रह गरे ।

कार्यक्रमलाई कार्यक्रमका सभापति तथा अरुणीमा बुथ उप संयोजक किरण ढकाल, राजनीतिक विश्लेषक डा विष्णु दाहाल, समाजसेवी उत्तम पुडासैनी, क्षेत्रीय प्रतिनिधि गायत्री पुडासैनी, इकाई सचिव अजिप लामा, समाजसेवी सुदर्शन घिमिरे, महाधिवेशन प्रतिनिधि डुजाङ शेर्पा, महेन्द्र बौद्ध बुथका धर्म ब्लोन लगायतले सम्बोधन गर्दै पार्टीलाई प्रतिश्पर्धाको नाममा कमजोर बनाउने गतिविधि हुन नहुनेमा जोड दिदैं त्यसप्रति आम नेता, कार्यकर्ता, क्रियाशिल सचेत रहन समेत आग्रह गरेका छन् । वक्ताहरुले पार्टीको हितलाई ध्यानमा राखेर मतदान गर्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा वडा सदस्य जयराम पुडासैनी, नेपाल महिला संघ केन्द्रीय सदस्य लता घिमिरे, पूर्व इकाई सभापति अनमोल श्रेष्ठ, इकाई उपसभापति धर्मसागर ढकाल, इकाई सचिव अर्जुन सापकोटा, इकाई सहसचिव समिता लामा, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका महासचिव परशुराम पुडासैनी, नेपाल महिला संघ ६ नं इकाई सभापति जानुका भण्डारी, क्षेत्रीय प्रतिनिधि गायत्री पुडासैनी, समाजसेवी मधुप्रसाद पुडासैनी, ईश्वर सापकोटा, युवा नेता रमेश कुमार पुडासैनी, इकाई समितिका आकांक्षी उम्मेदवारहरुमा सचिवका आकांक्षी शालिकराम तिमल्सिना, सागर राना, उपसभापतिका दावेदार बलवीर लामा, सदस्यका दावेदार मनोज गुरुङ, अरुणीमा बुथबाट क्षेत्रीय प्रतिनिधिका दावेदार जगन्नाथ पुडासैनी लगायत उल्लेख्य संख्यामा नेता, कार्यकर्ता, क्रियाशिलहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन इकाई सदस्य जगन्नाथ पुडासैनीले गरेका थिए ।