आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कांग्रेस गोकर्णेश्वर-३ इकाई सभापतिमा जयराम बिष्टको दाबी,मुख्य ५ योजना सारे अघि

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार २०:०० मा प्रकाशित (२ साल अघि) ९४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं ३ को इकाई सभापतिमा जयराम बिष्टले उम्मेदवारी दिने तयारी गरेका छन् ।

बिष्टले आसन्न १४ औं अधिवेशनका लागि काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन । लामो समयदेखि समाजसेवामा सक्रिय बिष्टले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी राजनीति बनाउनु पर्ने बताए । अनुशासन, आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो उम्मेदवारीको मुख्य आधार रहेको उनले बताए ।

विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय बिष्ट नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आउनुले उनि राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्वका रुपमा समेत आफ्नो पहिचान बनाएका छन् । आजसम्म कसैलाई पनि घाटा हुने काम नगरेको बताउने नेता विष्टले समाजमा भए गरेका विकास निर्माणमा सहभागिता जनाउदै आएका छन ।उनले आफुले खेल्न सक्ने भूमिका र योजना प्रस्तुत गर्दै इकाई सभापतिमा दावी गरेका छन।

यस्ता छन् बिष्टका पाँच योजना

१.स्थानिय स्तरमा नेपाली कांग्रेस पार्टीमा आस्थावान सम्पूर्ण बौद्धिक व्यक्तित्वहरु, प्राध्यापक , वकिल, साहित्यकार एंव समाजसेवीहरु विच संमन्यय गरि उनीहरूको बिज्ञतालाई पार्टी सुदृढीकरण एंव बिस्तारमा उपयोग गर्ने ।

२. पार्टी भित्रका अग्रज व्यक्तित्वको सम्मान एंव कार्यकर्ताको क्षमतालाई मुल्यांकन गरि स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउन अभिभावकीय भुमिका प्रदान गर्न प्रयत्न गर्ने ।

३. स्थानिय स्तरमा हुने बिकासलाई दिर्घकालिन र सर्वोपरी परी हितका लागि बनाउन स्थानिय स्तरमा बसोबास गर्ने बिषय बिज्ञको सल्लाह सुझाव लिने, उनिहरु संग अन्तर्क्रिया गर्ने परिपाटीको बिकास गर्ने ।

४. पार्टीलाई सधै चलायमान बनाउन समय समयमा बिबिध कार्यक्रमहरु जस्तै कार्यकर्ता प्रशिक्षण, गोष्ठी, सेमीनार आदि गर्न प्रेरित गर्ने र आवस्कयक सहयोग प्रदान गर्ने ।

५. आफ्नो क्षेत्रमा रहेका विषय बिज्ञहरुलाई पार्टीको नीति निर्माण तहमा पुर्याउन वा सरकारी निकायमा हुने नियुक्तिहरुमा शिफारिस गर्ने र नियुक्त हुने व्यक्तिले स्थानीय पार्टी ईकाईलाई आर्थिक एंव संगठनातमक सुदृढीकरणका लागि विशेष सहयोग गर्नु पर्ने परम्परा बसाल्ने ।