आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

इकाई सभापतिका दावेदार नन्दलाल श्रेष्ठद्वारा क्रियाशिलसँग छलफल

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार ११:३७ मा प्रकाशित (२ साल अघि) २१९ पाठक संख्या

१ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को इकाई सभापतिका दावेदार नन्दलाल श्रेष्ठले क्रियाशिलसँग छलफल गरेका छन् । आज ओसिस पार्टी प्यालेसमा भएको छलफलका क्रममा श्रेष्ठले नयाँ तथा पुराना क्रियाशिलहरुको उल्लेख्य उपस्थितीले आफूलाई अगाडी बढ्न थप उर्जा र हौसला मिलेको भन्दै आफूलाई सघाउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा गत २६ गते पुराना क्रियाशिलसँग छलफल गरेका श्रेष्ठले नयाँ क्रियाशिल सहितको नामावली सार्वजनिक भए पछि नयाँ र पुराना क्रियाशिलहरुलाई आफ्नो उम्मेदवारीका विषयमा बुझाउन र आवश्यक राय सल्लाह लिनका लागी छलफल कार्यक्रम राखेको बताए ।

असोज ५ गते हुने इकाई अधिवेशनमा आफूलाई इकाई सभापतिको बलियो उम्मेदवारको रुपमा दावि गर्दै श्रेष्ठले सहयोगका लागि अग्रज, क्रियाशिल, शुभचिन्तक सबैलाई आग्रह समेत गरे । कार्यक्रममा इकाई सभापतिका अन्य दावेदार सहित स्थानीय नेता, कार्यकर्ता तथा गोनपा ८ का क्रियाशिलहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।