आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रमुख प्रतिपक्ष दल गैर-जिम्मेवारी बन्दा खर्चबिहीन बन्यो सरकार

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार १०:२० मा प्रकाशित (२ साल अघि) २३९ पाठक संख्या

काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर-जिम्मेवारीता र सुझ-बुझको अभावमा आज (बिहीबार)देखि सरकार खर्चबिहीन भएको छ । संविधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।

नेपालको ७० वर्षे बजेट इतिहासमा यस्तो अवस्था पहिलो पटक भएको हो । विधायकी स्वीकृत नलिएसम्म सरकारले खर्च गर्न नपाउने व्यवस्थाको कारण सरकार खर्चबिहीन बन्न पुगेको छ ।

१६ जेठमा अध्यादेशमार्फत अघिल्लो सरकारले ल्याएको बजेट ३० भदौदेखि निष्क्रिय भएको र सरकारले ल्याएको प्रतिस्थापन विधेयक पास भइनसकेको सन्दर्भमा बिहीबारदेखि मुलुक खर्चबिहीन भएको हो ।

बिहीबारदेखि बजेट होलीडे सुरु हुँदै गर्दा बुधबार भने असार अन्तिम साता हुने खर्च जस्तै गरी बजेट निकासा गरिएको छ । पछिल्लो सात दिनमा गरिएको खर्च निकासा र बुधबार मात्रै गरिएको निकासा बराबर रहेको छ ।