FLASH NEWS
आज: ७ आश्विन २०७८, बिहीबार | Thu, 23, Sep, 2021 Gokarneshwor TV HD

कोभिडका कारण रोजगारी गुमाएकालाई सरकारले १० हजार प्रदान गर्ने

गोकर्णेश्वर खबर२५ भाद्र २०७८, शुक्रबार १६:३७ मा प्रकाशित (१ हफ्ता अघि) २२ पाठक संख्या

काठमाडौं । कोभिडका कारणले रोजगारी गुमाएका व्यक्तिलाई सरकारले १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।

जेठमा अध्यादेश मार्फत आएको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० हजार रुपैयाँ दिने योजना ल्याएका हुन्।

असंगठित र अनौपचारिक क्षेत्रमा काम गर्ने तर कोभिडका कारणले गर्दा आय स्रोत गुमाएका र रोजगारी गुमाएकालाई १० हजार दिइने शर्माले बताए।

सो रकम असोज मसान्तभित्र हस्तान्तरण गरिसक्ने पनि मन्त्री शर्माले जानकारी दिए।