आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

एमसीसी उपाध्यक्ष फातिमा र प्रचण्डबीच भेटवार्ता

गोकर्णेश्वर खबर२५ भाद्र २०७८, शुक्रबार ०९:५५ मा प्रकाशित (२ साल अघि) २०२ पाठक संख्या

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न शुक्रबार बिहानै खुमलटार पुगेको छ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली भेटवार्ताका लागि बिहानै प्रचण्ड निवास पुगेको हो।

एमसिसी टोली आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ।

यसपछि टोलीले आज सत्तागठबन्धनकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेको हो। यसपछि एमसीसी प्रतिनिधिमण्डलले कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवासँग भेट्नेछ।

हिजो बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो। टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ।

प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा छन् भने सत्ता गठबन्धनकै माओवादी के्रन्द्र र एकीकृत समाजवादी भने एमसीसीलाई जस्ताको तस्तै स्वीकार गर्न नसकिने अडानमा छन्।