आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रुपन्देहीको सिद्धार्थनगरकी उपप्रमुख काफ्लेद्धारा एकीकृत समाजवादीमा सनाखत

गोकर्णेश्वर खबर२१ भाद्र २०७८, सोमबार १५:५३ मा प्रकाशित (२ साल अघि) ११० पाठक संख्या

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा एमालेबाट निर्वाचित भएकी काफ्लेले पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।

काफ्लेले सोमबार जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी हुन् । यस्तै बुटवल उपमहानगरपालिका ३ का वडा सदस्य चिनबहादुर गुरुङ,बुटवल २ का वडा सदस्य सुनिल शाक्य, बुटवल १८ का वडा सदस्य गोपाल खनालले पनि एकीकृत समाजवादी पार्टी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

एकीकृत समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राजु गुरुङले तिलोत्तमा ११ का वडा सदस्य यज्ञश्वर क्षेत्री र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि पनि सनाखतका लागि निर्वाचन कार्यालयमा आउने क्रममा रहेका जानकारी दिए ।