आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सुदूरपश्चिम प्रदेशमा एमालेका थप ३ सांसदले रोजे एकीकृत समाजवादी

गोकर्णेश्वर खबर२० भाद्र २०७८, आईतवार १६:१३ मा प्रकाशित (२ साल अघि) ४९८ पाठक संख्या

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।