आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नयाँपाटीमा नेपाली कांग्रेसको वृहत क्रियाशिल भेला सम्पन्न, उम्मेदवारी दावी

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार ०९:३९ मा प्रकाशित (२ साल अघि) ६२८ पाठक संख्या

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. २ इकाईले वृहत क्रियाशिल भेला गरेको छ । बिहिबार नयाँपाटीमा सम्पन्न भेलालाई सम्बोधन गर्दै बक्ताहरुले १४ औं महाधिवेशन सफल बनाउन सबैले एकताबद्ध भएर सहकार्य गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।

भेलामा नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. २ इकाई सभापति प्रेम प्रसाद श्रेष्ठले क्षेत्रीय सचिवका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् भनें दिपेन्द्र कुमार लामाले इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वृहत क्रियाशिल भेला नगरसभापति श्रीकृष्ण ज्योतिको प्रमुख आतिथ्यता र इकाई सभापति प्रेम प्रसाद श्रेष्ठको सभापतित्वमा भएको थियो । भेलालाई गोकर्णेश्वर नगरपालिकाका धार्मिक समितिका संयोजक दिवाकर भण्डारी, नेपाली कांग्रेस आदीवासी जनजातिका उपसभापति बल बहादुर लामा, स्थानीय बुद्धिजिवी श्याम भण्डारी, बटुराम भण्डारी, युवा नेता दिपेन्द्र कुमार लामा लगायतले सम्बोधन गरेका थिए भनें कार्यक्रममा नगर कार्यपालिका सदस्य राजकुमार सुनार, पूर्व सभापति सानु श्रेष्ठ, तरुणदल क्षेत्रीय उपाध्यक्ष सुजन पण्डित, बुथ प्रतिनिधि हेमन्तकेशर पण्डित, बच्चुराम पण्डित लगायत स्थानीय नेता, कार्यकर्ता, क्रियाशिलहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

भेलामा इकाई सहसभापति सुदीप क्षेत्रीले स्वागत मन्तव्य दिएका थिए भनें कार्यक्रम सञ्चालन उर्मिला सापकोटा पण्डितले गरेकी थिईन् ।