आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर-८ मा राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियानको शुभारम्भ

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार १८:०७ मा प्रकाशित (२ साल अघि) ४९५ पाठक संख्या

काठमाडौँ । निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान’को शुभारम्भ गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका-८ मा राष्ट्रसेवक कर्मचारी र बागमती करिडोर बिकास समितिले विभिन्न प्रजातिका बिरुवा रोपण गरि सो अभियानको सुरुवात गरेका हुन् ।

अभियानमा महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रनाउ ढुण्डीराज न्यौपाने, गोकर्णेश्‍वर नगरपालिका नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना र करिडोर विकास समितिका अध्यक्ष तुल्सी पौडेल, महिला समुह र समितिका पदाधिकारीहरुको उपस्थितीमा बृक्षारोपण अभियान सुभारम्भ गरिएको थियो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिव लगायतले विष्णुमति करिडोर क्षेत्रमा पुगेर बृक्षारोपण गरेका थिए ।