FLASH NEWS
आज: ७ आश्विन २०७८, बिहीबार | Thu, 23, Sep, 2021 Gokarneshwor TV HD

आज थप २,०५२ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार १६:४८ मा प्रकाशित (३ हफ्ता अघि) २९ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।