आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मुख्यमन्त्रीको लोभमा गुट परिवर्तन गरेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा,प्रदेश मन्त्री खनालले राजीनामा दिंदै

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार १०:०७ मा प्रकाशित (२ साल अघि) १८१ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खनालले बताए ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

‘एमालेमा अन्तरसंघर्ष चलिरहेको बेलामा म एउटा विचार समूहमा लागें । त्यो विचार समूह नेकपा एकीकृत समाजवादी पार्टीको रुपमा दर्ता भयो । मैले त्यसैमा सनाखत पनि गरें । अब मलाई नैतिकताले मन्त्री पदमा रहन दिएन,’ राजीनामा दिन लागेको कारणबारे खनालले भने ।

विगतमा माधव नेपाल खेमामै रहेकी अष्टलक्ष्मी शाक्य कित्ता परिवर्तन गरी दुई हप्ता अगाडि बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । बागमती प्रदेशका १२ सांसदले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी छन् ।

सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ ।