आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सर्वोत्तम स्टिल उद्योगमा विष्फोट : १५ जना घाइते

गोकर्णेश्वर खबर१० भाद्र २०७८, बिहीबार १७:४१ मा प्रकाशित (२ साल अघि) ४९८ पाठक संख्या

काठमाडौं । वीरगञ्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते भएका छन्।

घाइते मजदूरलाई उपचारको लागि भारतको पटना र वीरगन्जको नारायणी बयोदा अस्पताल लगिएको छ।

६ जना गम्भीर घाइतेलाई भारतको पटनास्थित अस्पताल पठाइएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

फलाम पग्लिरहेको भट्टीमा विस्फोट भएपछि त्यसले श्रमिकहरूलाई लागेको हो। उनीहरूको शरीरको विभिन्न भाग जलेको छ।