आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

कोरोना नियन्त्रणको लागि गोकर्णेश्वर नगर स्काउटद्वारा मास्क तथा सेनिटाइजर वितरण अभियान सुरु

गोकर्णेश्वर खबर८ भाद्र २०७८, मंगलवार २२:५३ मा प्रकाशित (२ साल अघि) २३९ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगर स्काउटले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै मास्क तथा सेनिटाइजर वितरण अभियान सुरु गरेको छ ।

कोरोनाको तेस्रो भेरियन्ट आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण तथा केही दिन देखि पुनः कोरोना संक्रमितकहरुको संख्या बढ्नथालेपछि गोकर्णेश्वर नगर स्काउटले एक हप्ते अभियाननै संचालन गरेको हो ।

आज एक कार्यक्रमबीच अभियान सुरु गरिएको र यो अभियान आगामी भाद्र १३ गतेसम्म संचालन हुने नगर स्काउट संयोजक सुरेश कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण बढ्दो क्रममै भएपनि नागरिकहरुले मास्क तथा सेनिटाइजर नलगाई हिड्ने क्रम जारी रहेपछि सचेतनाका साथसाथै मास्क तथा सेनिटाइजर वितरण गर्न थालिएको हो । कार्यक्रममा २० जना स्काउटमास्टर, रोबर रेञ्जर परिचालन भएका छन् संयोजक खड्काले भने सडकमा मास्क नलगाई हिंडेका व्यक्तिलाई र घरघरमा गएर मास्क वितरण गर्नुका साथै साबुन पानीले हात धुन, सेनिटाईजर लगाउन सिकाउने जस्ता कोरोना विरुद्ध स्वास्थ्य सचेतनामूलक काम स्काउटमाटरहरुले गरिरहेका छन् ।


गोनपा स्काउटद्वारा आयोजित मास्क तथा स्यानिटाईजर वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे , नगर उपप्रमुख शान्ति नेपाल,नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल लगायतको उपस्थितिमा यो अभियान सुरु गरिएको हो ।

स्काउटबाट परिचालित प्रतिनिधिले मास्क नलगाइ हिड्नेहरुलाई मास्क तथा सेनिटाजर वितरण गर्नुका साथै कोभिडको भयावह र भोली आउँन सक्ने परिस्थीतीलाई आकलन गर्न समेत अनुरोध गर्दै सचेत गराएका थिए ।

नगर स्काउट कमिटिले अहिलेसम्म देशेगाउँ, माकलबारी, नारायणटार, जोरपाटी, बौद्ध, आरुबारीमा मास्क तथा स्यानिटाईजर वितरण कार्यक्रम गरिसकेको छ भनें सुन्ताखान, सुन्दरीजल, नयाँपाटी लगायतका क्षेत्रमा १३ गतेसम्म विभिन्न कार्यक्रम गर्ने संयोजक खड्काले गोकर्णेश्वर खबरलाई बताए । कार्यक्रम नगरपालिकाको ९ वटै वडामा सञ्चालन हुनेछ । अभियानलाई गोकर्णेश्वर नगरपालिकाले सहयोग गरिरहेको छ ।