आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मेरुदण्डीय पक्षघात समुह नेपालको छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

गोकर्णेश्वर खबर५ भाद्र २०७८, शनिबार २१:५० मा प्रकाशित (२ साल अघि) २८५ पाठक संख्या
गोकर्णेश्वर ८ मा रहेका मेरुदण्डीय पक्षघात समुह नेपालको छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको उपामेयर शान्ति नेपालको प्रमुख आतिथ्यतामा र अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता तथा वडा ८ का वडा अध्यक्ष मनोज ढुगांना , गोकर्णेश्वर नगरपालिका कार्यपालिका सदस्य न्यायिक सदस्य तथा वडा ९ को वडा सदस्य सत्यभामा श्रेष्ठ , स्पाइनल इन्जरी सघंका कोषाध्यक्ष तथा मेरुदण्डीय पक्षघात समुह नेपालको सल्लाहकार अरभिन्द दास जोशी, टक्सार म्यागाजिनका प्रधान सम्पादक तथा यस सस्थांका सल्लाहकार गजेन्द्र बुढाथोकी , मेरुदण्डीय पक्षघात समुह नेपालका सल्लाहकार असोक मानन्धर , कृष्ण खड्का , कानुनी सल्लाहकार दिपकराज जोशी तथा सुन्दर ढोका साथि सेवाका अध्यक्ष कोषविलास अधिकारी लगाएतको उपस्थिति रहेकोे थियो ।
अधिवेशनबाट ऋषिराम ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन हुनुभएको छ ।
जसमा उपाध्यक्षमा झरना कुमारी राकसकोटी, महासचिवमा केशव थापा, सचिवमा राजेन्द्र खनाल, कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, सदस्यहरुमा हिमाल अर्याल, रविन्द्र खत्री, राम बहादुर तामाङ, लक्ष्मी कुवँर, सगिंता माझि र निर्मला भण्डारी रहनुभएको छ ।