आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए शपथ

गोकर्णेश्वर खबर१ भाद्र २०७८, मंगलवार १६:४२ मा प्रकाशित (२ साल अघि) १५२ पाठक संख्या

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।