आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं महानगरले केही दिन फोहर उठाउन नसक्ने,फोहर व्यवस्थापन गर्न नसक्ने महानगरले स्मार्ट सीटीको परिकल्पना ?

गोकर्णेश्वर खबर३२ श्रावण २०७८, सोमबार १०:०२ मा प्रकाशित (२ साल अघि) २८९ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ ।

महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन नगरपालिका घरदैलोमा आउनेछ । नगरपालिकाले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ कुनामा फोहोर थुप्रिन सुरु भएको छ । अझै कति दिनपछि फोहोर उठ्छ भन्ने निश्चित छैन ।

काठमाडौं उपत्यकाको फोहोरमैलाको नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

फोहोर विसर्जन गर्ने अर्को विकल्प नभएकोले सिस्डलमा समस्या हुँदा काठमाडौं बेलाबेलामा दुर्गन्धित बन्ने गरेको छ ।