आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वरद्धारा आफ्नै नगर स्काउट समिती गठन,संयोजकमा सुरेश कुमार खड्का

गोकर्णेश्वर खबर१९ श्रावण २०७८, मंगलवार २०:१४ मा प्रकाशित (२ साल अघि) ३७८ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिका स्तरीय नगर स्काउट तदर्थ समिति गठन गरेको छ । स्काउट लिडर सुरेश कुमार खड्काको संयोजकत्वमा उक्त तदर्थ समिति गठन गरिएको हो ।

स्काउटका नाममा नगर भित्र विभिन्न गैर स्काउटहरुको क्रियाकलापलाई रोक्न लामो समयदेखि क्रियाशिल स्काउट लिडरहरुलाई संलग्न गराएर समिति गठन गरिएको स्काउट लिडर कृष्ण श्रेष्ठले जानकारी दिए।

नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल,शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्यसहित गोकर्णेश्वर नगरपालिका अन्तर्गतका स्काउट लिडरहरुको उपस्थितीमा सो समिति गठन गरिएको हो ।

राज्य पुनर्संरचनासँगै ३ तहको सरकार रहेको र नेपाल स्काउट ऐन पनि सोहि अनुरुप परिमार्जित भएसँगै नेपाल स्काउट ऐन २०५० (केहि नेपाल ऐनलाई संशोधित गर्ने ऐन २०७५ ) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को क्षेत्राधिकार र अधिन भित्र रहि समिती गठन गरेको नगर प्रमुख चालिसेले बताए । नगर स्काउटका संरक्षक समेत रहनु भएका मेयर चालिसेले नगर भित्र विशुद्ध स्काउटिङ गतिविधी गर्न र विश्व स्काउटको सिद्धान्त, मूल्य र मान्यता अनुरुप अघि बढ्न नवगठित तदर्थ समितिलाई निर्देशन दिए ।

त्यसैगरि नगर स्काउट प्रमुख समेत रहनु भएकी उप प्रमुख शान्ती नेपालले विश्व व्यापी शैक्षिक अभियानको रुपमा क्रियासिल स्काउटिङ शिक्षाको माध्यमबाट नगरका बालबालिकाहरुको शारिरीक, मानसिम, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकास गराउन नव गठित तदर्थ समिती सफल हुनेमा आफु विश्वस्त रहेको बताइन । उनले कुनै आग्रह पूर्वाग्रहमा नलागी गैह् राजनीतिक र स्वंमसेवी विश्व स्काउटको चरित्रलाई आत्मसाथ गरेर अघि बढ्न निर्देशन समेत दिइन ।

गठित समितिका संयोजक सुरेश कुमार खड्काले आफु लामो समयदेखि गोकर्णेश्वर नगरमा स्काउटिङ अभियानमा सक्रिए भएकाले विश्व स्काउटको मूल्य, मान्यता अनुरुप नगरको माटो र समाज सुहाउँदो स्काउटिङमा जोड दिने प्रतिवद्धता व्यक्त गरे । । उनले समग्र नेपाल स्काउटमा देखिएको ग्रहण विस्तारै हट्दै जाने समेत विश्वास व्यक्त गरे। गोकर्णेश्वर नगरपालिकाबाट उदाहरणीय काम भएको भन्दै अन्य पालिकाहरुका लागि पनि अनुकरणीय भएको बताए ।

नेपालमै पहिलो पटक स्थानीय पाठ्य पुस्तक लागु गरेर शिक्षा क्षेत्रमा आफूलाई अग्रणी देखाएको यस नगरपालिकाले स्काउट अभियानमा फट्को मार्ने स्थानीय स्काउट लिडरहरुले विश्वास व्यक्त गरेका छन् ।