आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

राष्ट्रिय युवा संघ नेपालद्वारा गोकर्णेश्वर ३ मा वृक्षारोपण

गोकर्णेश्वर खबर१६ श्रावण २०७८, शनिबार २२:०९ मा प्रकाशित (२ साल अघि) ३३८ पाठक संख्या

१६ साउन, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौ क्षेत्र नं ३ को आयोजनामा बालुवा ढाडे पाँखामा पहिरोबाट जोखिम रहेको स्थानमा वृक्षारोपण गरिएको छ ।

हाल गोकर्णेश्वर नगरपालिका वडा नं ३ तथा साविक बालुवा ५ ढाडे पाँखामा पहिरोको जोखिम रहेको स्थानमा १५० वटा विभिन्न किसिमका बिरुवा रोपिएको आयोजकले बताएका छन् ।

जलवायु परिवर्तनका असर न्यूनीकरण गरी पर्यावरण संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्न ‘सार्वजनिक जग्गा र वन जंगल उत्खनन् बन्द गरि भूमाफियाको संरक्षण बन्द गरौ, प्रकृतिमाथिको दोहन बन्द गरौ’ भन्ने मूल नाराको साथ वृक्षारोपण गरिएको राष्ट्रिय युवा संघ नेपाल काठमाडौ क्षेत्र नं ३ ले बताएको छ ।