आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

गोकर्णेश्वर एकता समाजद्वारा सरसफाई

गोकर्णेश्वर खबर१६ श्रावण २०७८, शनिबार २१:४६ मा प्रकाशित (२ साल अघि) ३०२ पाठक संख्या

१६ साउन, काठमाडौं । गोकर्णेश्वर एकता समाजले सरसफाई कार्यक्रम आयोजना गरेको छ । आज शनिबार समाजले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को शिव मार्ग देखि महांकाल भैरव मन्दिर परिसरसम्म सरसफाई गरेको छ ।

समाजद्वारा आयोजना गरिएको सरसफाई कार्यक्रममा संस्थाका अध्यक्ष काप्पा लामा, सचिव अनु थापा, सदस्य राजकुमार खतिवडा, पदम खतिवडा, प्रमोद फूयाँल तथा सल्लाहकार अनिता जोशी र तारादेवि फूयाँल लगायत स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।

गोकर्णेश्वर एकता समाजले वडा ८ मा विभिन्न सरसफाई सम्वन्धि कार्यक्रम गर्दै आएकोमा आगामि दिनहरुमा निरन्तर रुपमा वडाका विभिन्न क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्ने सल्लाहकार तारादेवि फूयाँलले जानकारी दिनु भयो ।
विभिन्न सामाजिक कार्यमा क्रियाशिल गोकर्णेश्वर एकता समाजले यस अघि विपन्न बालबालिकाहरुलाई स्टेशनरी तथा खाजा वितरण गरेको थियो ।