आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमितको संख्या पुनः बढ्न थाल्यो,निषेधाज्ञालाई थप कडा पार्नेबारे छलफल गर्दै सीसीएमसी

गोकर्णेश्वर खबर१५ श्रावण २०७८, शुक्रबार १०:१६ मा प्रकाशित (२ साल अघि) ५९७ पाठक संख्या

काठमाडौँ । बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज (शुक्रबार) अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो।

बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

केही दिनयता कोरोना संक्रमणको दैनिक दर ह्वात्तै बढेको छ।

हिजो (बिहीबार) मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिले पनि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी नै छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन हुनेगरी खुकुलो पारिएको छ।