आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

उपत्यकामा थपिए ८६० कोरोना संक्रमित,काठमाडौँमा मात्रै ५९७ जना

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार १७:२८ मा प्रकाशित (२ साल अघि) ९०९ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै देशभर ३३६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।