आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

राष्ट्रपति भण्डारीले खुवाइन नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

गोकर्णेश्वर खबर१३ श्रावण २०७८, बुधबार २०:१९ मा प्रकाशित (२ साल अघि) १७० पाठक संख्या

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।