आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाली जनसम्पर्क समिति स्वीडेनको सहयोगमा मिथिला बिहारीमा स्वास्थ्य सामाग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम

गोकर्णेश्वर खबर१२ श्रावण २०७८, मंगलवार १६:४८ मा प्रकाशित (२ साल अघि) ५६८ पाठक संख्या

धनुषा । कोरोना महामारी नियन्त्रण गर्न कांग्रेस सम्बध विभिन्न समिति तथा विभागहरु सक्रीय भएका छन् । कोरोनाको दोस्रो भेरियन्टले नराम्ररी प्रभाव पारेको नेपालमा अहिले पनि कोरोना नियन्त्रणमा आउँन सकेको छैन् । दोस्रोको प्रभाव कायम रहेकै अवस्थामा तेस्रो भेरियन्ट भित्रन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले प्रक्षेपण गरेको छ । यसैबीचमा कोरोना महामारी नियन्त्रणको लागि कांग्रेस मिथिला बिहारी नगरपालिका ,धनुषाले स्वास्थ्य सामाग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

नेपाली जनसम्पर्क समिति स्वीडेन र नेपाली काँग्रेस तरूण विभागको सहयोगमा स्वास्थ्य सामग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम गरिएको नेपाली जनसम्पर्क समिति स्वीडेन सभापति नबिन थपलियाले जानकारी दिए । उनका अनुसार मिथिला बिहारी नगरपालिका वडा नं३ बाट शुरु भएको कार्यक्रम नगरपालिकाका सबै वडामा पुर्याइएको हो ।

मिथिला बिहारी नगरपालिकामा जनचेतनामूलक कार्यक्रमका साथै कोरोना रोकथामको लागि आवश्यक मास्क,सेनिटाइजर,अक्सीमिटर,फेश सिल्ड, गल्भस् ,औषधी लगायतका सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा नागरिकहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागीमा स्वास्थ्य जाँच तथा कोरोनाबाट बच्ने उपायहरु अबलम्बन गर्न अनूरोध समेत गरिएको थियो । त्यस्तै सामाग्री वितरण अन्र्तगत इलाका प्रहरी कार्यालय धनुषाधाममा मास्क, सेनिटाइजर,गल्भस्,फेश सिल्ड लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति,स्वीडेनले नेपालमा स्वास्थ्य सामग्री वितरण तथा जनचेतना मूलक कार्यक्रम संचालन अभियान अन्तर्गत आर्थिक संकलन अभियाणमा निस्वार्थ भावनाले सहयोग गरिदिने सम्पूर्णमा कृतज्ञता प्रकट गरेको छ ।