आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमण दर फेरि बढ्दै, एकैदिन ३ हजार १ सय १४ संक्रमित, १६ को मृत्यु

गोकर्णेश्वर खबर९ श्रावण २०७८, शनिबार १८:३१ मा प्रकाशित (२ साल अघि) ४०० पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६२५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३०९ र ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जना गरी जम्मा ३ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पीसीआर र २ लाख ८६ हजार ४६४ वटा एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो २४ घण्टामा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको थियो ।